कीवर्डहरू -

एमएस एक्सेल प्रयोग गर्न आउँदैन् ? यस्तो छ सिक्ने तरिका

एमएस एक्सेल प्रयोग गर्न आउँदैन् ? यस्तो छ सिक्ने तरिका

एमएस एक्सेल, जसको पूरा नाम ’ माइक्रोसफ्ट एक्सेल’ हो र यसलाई ’एक्सेल’ पनि भनिन्छ । यो एक स्प्रेड शीट प्रोग्राम हो, जसले ट्याबुलर ढाँचामा डाटा खोल्न, सिर्जना गर्न, सम्पादन गर्न, डेटा गणना गर्न, सेयर गर्न र छाप्न दिने काम गर्दछ ।

एमएस एक्सेल माइक्रोसफ्ट द्वारा विकसित गरिएको प्रोग्राम हो । एमएस एक्सेल माइक्रोसफ्ट अफिस सुइट को एक भाग हो । यो धेरै प्रयोग गरिएको सफ्टवेयर भएता पनि यसलाई प्रयोग गर्न धेरैले जान्दैनन् ।

पहिलो र परिचित तरिका भनेको कम्प्युटर इन्स्टिच्युटमा गएर भर्ना लिनु हो । यहाँ तपाइँले एक्सेल सिकाउन प्रशिक्षकको सहयोग प्राप्त गर्नुहुन्छ र प्राक्टिकल गर्नको लागि कम्प्युटर पनि उपलब्ध हुनेछ ।

यदि तपाइँसँग खाली समय छ र नजिकै केन्द्र छ भने तपाइँ कम्प्युटर इन्स्टिच्युटमा उपस्थित भइ एक्सेल कक्षाहरूमा सामेल भएर एक्सेल सिक्न सक्नुहुन्छ ।

एक्सेल सिकाउने किताब किन्नुहोस्

कुनै पनि नयाँ सीपहरू सिक्नको लागि किताबहरू अझै पनि उपयोगी हुने गरेका छन् । यदि तपाइँसँग कम्प्युटर छ र तपाइँ किताबहरू पढ्न मन पराउनुहुन्छ भने एक्सेल सिक्नको लागि केहि एक्सेल पुस्तकहरू किन्न सक्नुहुन्छ र ती मार्फत सिक्न सुरु गर्न सक्नुहुन्छ ।

दराज वा कुनै अन्य अनलाइन पोर्टलमा “बेस्ट बुक्स फर एमएस एक्सेलमा खोजी गरेर, तपाईले सयौं पुस्तकहरू पाउनुहुनेछ । तपाईं आफ्नो मनपर्ने दुई–तीन ओटा पुस्तकहरू अर्डर गरेर घरमै प्राप्त गर्न सक्नुहुन्छ ।

अनलाइन कोर्सहरूमा सहभागी हुने

किताबभन्दा बाहिरको पढाइ अहिले अनलाइनमा गइरहेको छ र हाल डिजिटल शिक्षालाई महत्व दिन थालिएको छ ।

तपाईले एक्सेल अनलाइन कोर्सहरुमा जोडिएर पनि एक्सेल सिक्न सक्नुहुनेछ । यी पाठ्यक्रमहरूको फाइदा भनेको तपाइँले आफ्नै कम्प्युटरमा व्यावहारिक प्रशिक्षण पनि लिन सक्नुहुनेछ ।

यो सँगै अनलाइनमा समय प्रतिबन्ध पनि हुँदैज जसकारण तपाईले जुनबेला पनि सिक्न सक्नुहुन्छ र धेरै रिसोर्सहरु पनि प्राप्त गर्न सक्नुहुन्छ ।

धेरै जसो पाठ्यक्रमहरू एक पटक खरिद गरिसकेपछि, सधैंका लागि उपलब्ध हुने किसिमकानै हुने गर्दछन् । तल केही लोकप्रिय अनलाइन पोर्टलहरूको नामहरू छन् जहाँबाट तपाईले एक्सेल कोर्सहरूमा भर्ना गर्न सक्नुहुन्छ ।

  • उडेमी
  • कोर्सेरा
  • एलिसन
  • खान एकेडेमी
  • लिंक्डइन लर्निंग

वेब–आधारित ट्यूटोरियलहरू

अनलाइन सिक्ने अर्को तरिका वेब–आधारित ट्यूटोरियलहरू मार्फत हो । यस प्रकारको प्रशिक्षण अनलाइन पाठ्यक्रमहरू अघि उपलब्ध थियो र आज पनि धेरै लोकप्रिय नै रहेको छ ।

किनभने, यी ट्यूटोरियलहरु प्रायः निःशुल्क हुन्छ । तपाईको सुविधाको लागि केही वेबसाइटहरूको नाम तल दिइएको छ जहाँबाट तपाइँ एक्सेलको निःशुल्क ट्यूटोरियलहरू हेर्न सक्नुहुन्छ ।

  • एक्सेल–इजि
  • ट्यूटोरियल्स पोइन्ट डटकम
  • जभाटपोइन्ट डटकम
  • एजु डट जिसिएफ ग्लोबल डट ओआरजी

एक्सेल हेल्प प्रयोग गर्नुहोस्

यस बाहेक, अर्को तरिका एक्सेल हेल्प प्रयोग गर्नु हो । विद्यार्थी र प्रशिक्षकहरूले पनि यो विधिमा धेरै कम ध्यान दिन्छन् ।

तर, यो तरिका सबैभन्दा भरपर्दाे छ किनभने, यहाँ सबै ट्यूटोरियलहरू एक्सेलका निर्माताहरूले आफैंले तयार पारेका छन् । एक्सेल हेल्प पहुँच गर्न, किबोर्डमा एफ वान की थिच्नपर्ने हुन्छ ।