कीवर्डहरू -

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी गर्ने सम्झौता गरेको छ ।

नेपालको फिनटेक इकोसिस्टमलाई अगाडि बढाउन शुक्रबार दुई संस्थाबीच सहकार्य भएको हो ।

सहकार्यपछि फिनटेक एलायन्स नेपालले हरेक महिना आयोजना गर्दै आएको फिनटेक फ्राइडेका लागि ब्रिटिस कलेजले ठाउँ उपलब्ध गराउने छ भने संस्थामा आवद्ध सदस्यलाई छात्रवृत्ति समेत उपलब्ध गराउने छ ।

यता ब्रिटिस कलेजका विद्यार्थीले पनि फिनटेक एलायन्सको कार्यक्रम पहुँचका साथै इन्टर्नसीप र रोजगारीको अवसर समेत पाउने बताइएको छ ।