एफ वान सफ्ट ग्रुप अन्तर्गतको सफ्टवेयर विकास गर्ने कम्पनी लोजिकाबिन्स सिमलेस एसिया २०२३ कन्फेरेन्समा सहभागी हुने भएको छ । आउँदो जुन २७ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने सिमलेस एशियामा लोजिका बिन्स सहभागी हुने भएको हो ।
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले सिमलेस एशियामा सहभागी हुन पाउन महत्त्वपूर्ण कुरा भएको बताए ।
सन् २०१८ मा अन्वेषण तथा विकास र अध्ययन केन्द्रको रुपमा एफ वान सफ्ट ग्रुपले लोजिका बिन्सको स्थापना गरेको थियो । द्रुत गतिमा विकास भईरहेको प्राविधिक विकासको क्षेत्रमा अघि रहिरहन विभिन्न सुझावहरु तयार पार्ने उद्देश्यका साथ लोजिका बिन्सले काम गरिरहेको छ ।
सिमलेस एसियामा २५०० बढि सहभागी, २०० बढी प्रस्तोता र १५० बढी प्रायोजजक र प्रदर्शक रहेका छन् । यो कार्यक्रममा नेपालबाट सहभागी हुने लोजिका बिन्स एकमात्र कम्पनी हो । कार्यक्रममा लोजिकाबिन्सको विशेषज्ञताबारे प्रस्तुती पनि दिनेछ ।
यस कन्फेरेन्सले लोजिकाबिन्सलाई सम्भावित ग्राहकहरुसँग भेटने अवसरका साथसाथै नेपाललाई राम्रो सफ्टवेयर आउटसोर्स गन्तव्यको रुपमा चिनाउने मौका पनि दिने कम्पनीको भनाइ छ । लोजिका बिन्स सीईओ कैलाश श्रेष्ठले सिमलेस एशियामार्फत विश्व प्रविधिको क्षेत्रमा नेपाललाई चिनाउने मौका प्रदान भएको जानकारी दिए ।