कीवर्डहरू -

कनेक्ट आईपीएसको रिफर योजनाः रिफर गर्नेले २५ र प्राप्त गर्नेले ५० रूपैयाँ पाउने

कनेक्ट आईपीएसको रिफर योजनाः रिफर गर्नेले २५ र प्राप्त गर्नेले ५० रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । यसअनुसार प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्टआईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत असार ५ गते देखि असार ३१ गतेसम्म रिफरी अर्थात रिफर प्राप्त गर्नेले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफरर अर्थात रिफर गर्नेले रु.२५ र रिफर प्राप्त गर्नेले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसका लागि रिफर गर्नेले रिफरल कोड शेयर गर्नुपर्नेछ ।

बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।

यसको मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।