महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशतसम्म, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभराका सेवाहरुमा १० प्रतिशत, मैतिदेवी काठमाडौंमा अवस्थित बुइँगल ल्वाउन्जका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हात्तीका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउा सेवाहरुमा अधिकतम १० प्रतिशत र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउसका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।