कीवर्डहरू -

असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा 

असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा 

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरूको आनन्द लिनको लागि पे-डेको सुरुवात गरिएको हो ।

किनमेल पनि बचत पनि भन्ने नाराहित पे डेको झट्का अभियान असार ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले निःशुल्क डेलिभरीको सुबिधा पाउनेछन् । यसका साथसाथै ग्राहकहरूले रु. ७७७ सम्मको भौचरहरू पनि प्राप्त गर्न सक्नेछन ।

त्यस्तै दराजले पनि अभियानको क्रममा इसेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट दिने जनाएको छ । त्यसैगरी दराजमलबाट सामान किन्दा मेगा गिभ अवेको रुपमा ग्राहकहरुले सामसङ ग्यालेक्सी एम ०४ जित्न सक्ने छन् ।

थप जानकारीका लागि र क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले दराजको वेबसाइटमा गएर वा दराज मोबाइल एप डाउनलोड गर्न सक्नेछन् ।