कीवर्डहरू -

सामसङको इन्स्टा फाइनान्स योजना, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल किन्न वित्तीय सुविधा उपलब्ध हुने 

सामसङको इन्स्टा फाइनान्स योजना, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल किन्न वित्तीय सुविधा उपलब्ध हुने 

सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ ।

यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरुका लागि लागू हुनेछ । ग्राहकहरुले सजिलैसंग आफ्नो चाहना बमोजिमको स्मार्टफोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले इन्स्टा फाइनान्स ल्याएको सामसङले जनाएको छ ।

स्मार्टफोन आजका दिनमा नभै नहुने अत्यावश्यक सामग्री भैसकेको छ । मानिसहरु आफ्नो फोनमा यति निर्भर भैसके की स्मार्टफोन बिनाको जीवनको परिकल्पना पनि गर्न सक्ने अवस्था छैन् ।

यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरु अझ धेरै प्राविधिक रुपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरुको माग दिनप्रति दिन बढीरहेको छ । मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन् ।

यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पुर्‍याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएको हो ।

सामसङ इन्स्टा फाइनान्स झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै इन्स्टा फाइनान्स ल्याएको बताए ।

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ ।

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झन्झटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरुत पर्ने छैन । ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु  पूरा गरेपछि  तत्काल  कर्जा प्राप्त गर्न सक्दछन् ।

ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ ।

यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणिकरण भएपछि ग्राहकहरुले कानूनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ, त्यस पश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यो कार्यक्रम ग्राहकहरु र स्मार्टफोन रिटेलरहरु दुबैका लागि लाभदायक हुनेछ । ग्राहकहरुले सजिलै ऋण सुविधा पाउने छन् भने न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरु खरिद वा अपग्रेड गर्न सक्दछन । ‍