कीवर्डहरू -

आईओएस १६.५.१ तुरुन्तै इन्स्टल गर्न आग्रह

आईओएस १६.५.१ तुरुन्तै इन्स्टल गर्न आग्रह

आइफोन निर्माता कम्पनी एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ । नयाँ सफ्टवेयर अपडेट आईओएस १६.५.१ तुरुन्तै इन्स्टल गर्न आग्रह गरेको छ ।

नयाँ अपडेटसँगै कम्पनीले केही नयाँ फिचरहरू ल्याएको छ, यससँगै दुईवटा सेक्युरिटी सम्बन्धी बगहरू पनि यस अपडेटमार्फत फिक्स गरिएको छ ।

ह्याकरहरूबाट संवेदनशील डेटा जोगाउन नयाँ सफ्टवेयर अपडेटहरू चाँडै इन्स्टल गर्नुपर्ने कम्पनीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार साइबर सेक्युरिटी फर्म क्यास्परस्कीले एप्पल उपकरणहरूमा सुरक्षासँग सम्बन्धित बगलाई फ्ल्याग गरेको थियो ।

यो कुरा थाहा पाउने बित्तिकै कम्पनीले यसलाई नयाँ अपडेटको साथ फिक्स गरेको छ । रिपोर्टका अनुसार सुरक्षा सम्बन्धी यो त्रुटिका कारण रुसमा आइफोन प्रयोगकर्ताको डाटा पनि ह्याक भएको थियो ।

आइओएस १५.७ भन्दा पुरानो संस्करणहरू प्रयोग गर्ने प्रयोगकर्ताहरूले यस अपडेटको फाइदा लिन सक्छन् । त्यस्तै, दोस्रो सुरक्षा सम्बन्धी त्रुटि वेबकिटसँग सम्बन्धित छ । जसमा कम्पनीले मालिसियस वेब कन्टेन्ट मार्फत आर्बिट्ररी कोड कार्यान्वयन गर्न सकिने बताएको छ । त्यसैले नयाँ अपडेट इन्स्टल गर्न आवश्यक रहेको छ ।

आईफोन ८ र पछिल्लो सिरिज, आईप्याड प्रो, आईप्याड एयर थर्ड जेनेरेसन र पछिल्लो, आईप्याड फिफ्थ जेनेरेसन तथा आईप्याड मिनी फिफ्थ जेनेरेसन र पछिका प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट इन्स्टल गर्नु आवश्यक छ ।

आईओएसको नवीनतम संस्करण इन्स्टल गर्न, आईफोन प्रयोगकर्ताहरूले फोनको सेटिङ एपमा जानुपर्छ । यहाँ तपाईले जनरलमा क्लिक गर्नुपर्छ । त्यसपछि सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् । इन्स्टलमा ट्याप गरेर नयाँ अपडेट पाउन सकिन्छ ।