कीवर्डहरू -

नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका 

नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका 

नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभियान सुरु गरेको छ । यो अभियान असार ४ गतेदेखि सुरु भएको हो ।

यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन् ।

अफरमा सहभागी हुन प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार गर्नुपर्नेछ । यसका साथै साप्ताहिक अफरमा स्मार्टवाच, ट्राभल प्याकेज र एयरलाइन्सको टिकेटमा १०० प्रतिशत क्यासब्याक पाइने छ । यसका लागि नमस्ते पेबाट कम्तिमा एउटा कारोबार गर्नुपर्नेछ ।

त्यसैगरी, दैनिक अफरको रोमा ५०० वालेट ब्यालेन्स,  १ जीबी डाटा प्याक र रु. १०० क्यासब्याक विशेष गरी नमस्ते पेका नयाँ प्रयोगकर्ताहरूका लागि हुन् । यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।