कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभ : पहिलो दिन डिजिटल सक्षमताका लागि पूर्वाधारमा छलफल हुने

डिजिटल नेपाल कन्क्लेभ : पहिलो दिन डिजिटल सक्षमताका लागि पूर्वाधारमा छलफल हुने

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आज विहान ९ बजेबाट सुरू भएको हो। आइसिटी फाउण्डेसन नेपालका अध्‍यक्ष राजन लम्सालका अनुसार कन्क्लेभसँगै ह्वावेले मोवाइल नेपाल कंग्रेश(एमएनसी)को पनि आयोजना गर्नेछ।

डिजिटल कन्क्लेभकको पहिलो दिन विभिन्न सेसनहरु आयोजना गरिने भएको छ। दिनको पहिलो सेसनमा सपोर्टिंग इन्फ्रास्ट्रचर फर डिजिटल क्यापाबिलीटी अर्थात डिजिटल सक्षमताका लागि पूर्वाधारलाई सहयोग शीर्षकमा आयोजना हुँदैछ।

यस सेसनमा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदिप पौड्यालले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

जसमा प्यानेलिस्टको रुपमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोय, नेपाल विद्युत प्राधिकरणकी उपप्रबन्ध निर्देशक, तारा प्रधान, नेपाल टेलिकमकी सीसीओ, संगिता पहाडी अर्याल, एनसेलका चीफ टेक्नोलोजी र इन्टरप्राइज बिजनेस अफिसर, मुहम्मद अदिल इसरार, र आइस्प्यानका अध्यक्ष सुधीर पराजुली रहेका छन्।