कीवर्डहरू -

नेपालमा वी च्याट र अलिपेको प्रतिबन्ध फुकुवा गर्न माग

नेपालमा वी च्याट र अलिपेको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । वी च्याट र अलिपेबाट कारोबार नर्ग राष्ट बैंकले आग्रह गरेको २ दिनपछि चिनियाँ अधिकारीले यी एप वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चिनियाँ दूतावासका अर्थ वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले नेपालले यी एपलाई पर्यटन पूर्वाधारको रुपमा प्रयोग गर्न सक्ने बताए । 

नेपालमा चिनियाँ पर्यटकको संख्या बढिरहेको सन्दर्भमा यी एपको प्रतिबन्ध फुकुवा गरी पर्यटन बजारको प्रवद्र्धन गर्न नेपाल सरकालाई उनले अनुरोध गरे । यसका लागि उनले नेपालको कानून पालना गर्ने स्पस्ट पारे ।