कीवर्डहरू -

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्‍ने आभास हुन थालेको बताएकी छिन् ।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’को फायर साइड पावर संवादमा बोल्दै सञ्‍चारमन्त्री शर्माले अहिले नेपालमा सूचना प्रविधिको सोचाइमा परिवर्तन आएको बताएकी हुन् ।

‘पहिले पहिले सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ । सूचनाट प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

उनले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले निरन्तर रुपमा काम गरिरहेको भन्‍दै त्यसका लागि आवश्यक नीति बनाउने काम भइरहेको बताइन् ।

उनले भनिन्, ‘ मन्त्रालय मात्र नभएर सरकारले मन्त्रिपरिषदमा पनि छलफल गरिरहेका छौं।’

सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुरानालाई नीतिलाई समयानुकुल बनाउने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

सूचना प्रविधिबाट हुन सक्ने दूरूप्रयोग रोक्न मन्त्रालय सचेत छ। ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।’ उनले भनिन् ।

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्यन गर्न कठिन भएको उनले बताइन्। उनले अगाडि भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ। यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ। ’

सूचना प्रविधि सेवामा आईटी पढेकालाई आकर्षित गर्न काम गरिरहेको बताउँदै उनले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताइन्।

‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं।’