कीवर्डहरू -

ह्वावे डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिनः नवप्रवर्द्धन, उद्यमशीलता, सुरक्षा र नेतृत्वमा बहस हुँदै

ह्वावे डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिनः नवप्रवर्द्धन, उद्यमशीलता, सुरक्षा र नेतृत्वमा बहस हुँदै

ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ दोस्रो दिन पनि जारी रहेको छ । शुक्रबारदेखि सुरू भएको कन्क्लेभको दोस्रो दिन विभिन्न विषयमा ६ वटा शत्रहरू सञ्चालन हुनेछन् ।

शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गरेको कन्क्लेभमा सञ्चार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा लगायत उच्च अधिकार‍ीहरूको उपस्थिति रहेको थियो ।  शनिबार समापन कार्यक्रममा विशिष्ट अतिथिको रूपमा अर्थमन्त्री प्रकाशशरण  महत र राष्ट्रियो योजना आयोगका अध्यक्ष डा. मिन बहादुर श्रेष्ठको उपस्थिति रहने छ ।

दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, डिजिटल क्यापाबिलिटी, डिजिटल अर्थतन्त्र, फिनटेक, डेटा गभर्नेन्स, डिजिटल सेक्युरिटी, डिजिटल लिडरसीप र डिजिटल सक्षमताको विषयमा प्यानल सेसन हुनेछ ।

प्यानल डिसकसनको पहिलो सेसनमा वक्ताको रूपमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, आईएमऐ ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेल, यार्सा टेकका संस्थापक एनजे सुवेदी, कोड हिमालयका सीईओ स्मरण दुवाडी, एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्राथना साख रहेका छन् ।

त्यस्तो दोस्रो सेसनमा राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल, फिनटेक अलाइन्स नेपालका अध्यक्ष सञ्जीव सुब्बा, फोनपेका सीईओ दिवस सापकोटा र आईएमई पेका सीईओ प्रविण रेग्मी रहेका छन् ।

तेस्रो सेसनमा वक्ताको रूपमा राष्ट्रिय तथ्यांक कार्यालयका नायव तथ्यांक अधिकारी हेमराज रेग्मी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, एनसेलका चिफ इन्फर्मेसन अफिसर विशाल मनि उपाध्याय, एनआईसी एशिया बैंकका नरेन्द्र मैनाली रहेका छन् ।

चौंथो सेसनमा प्रतिनिधि सभा सदस्य महेश बर्तौला, प्रदिप पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिल बज्राचार्य र अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेल रहेका छन् ।

प्यानल डिसकसनका साथै विज्ञहरूबाट कार्यपत्र समेत प्रस्तुत समेत हुनेछन् । नास आईटीका अध्यक्ष, रिचन श्रेष्ठ, फ्युजमसिनका सीईओ समिर मास्के, ह्वावे एशिया प्यासिफिका सेन जु, ठमेल डटकमका सह संस्थापक बालकृष्ण जोशी, युएनसीडीएफ डिजिटल फाइनान्स विज्ञ थोमस कुरिन, टोकियो विश्वविद्यालयका प्राध्यापक हिल एच कोब्यासि, डेटा फर डेभलपमेन्टकी सजना महर्जन अमात्य, चेक प्वाइन्ट सफ्टवेयरका आलोक प्रधान, विद्युतीय सुशासन आयोगका दिपेश विष्टले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पहिलो दिन डिजिटल पूर्वाधार, डिजिटल परिचयपत्र र डिजिटल प्रदेश तथा डिजिटल पालिकाको विषयमा वृहत छलफल भएको थियो ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित शुक्रबारदेखि सुरू भएको २ दिने डिजिटल नेपाल कन्क्लेभले डिजिटल रूपान्तरणका लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

कन्क्लेभका साथै मोबाइल नेपाल कंग्रेस समेत आयोजना भइरहेको छ । सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन् ।