नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयनमा कमजोर रहेको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।
शनिबार जारी ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्रको क्षमता छलफलमा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले डिजिटल अर्थतन्त्र कमजोरी हुनुको कारण नीति नभई कार्यान्वयनमा केही कमजोरी रहेको बताए। अब वस्तु निर्यात गरेर नभई सेवा निर्यात गरेर पनि व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ ।
उनले भने, ‘हामी नीतिमा कमजोर छैनौ। कार्यान्वयनमा केही कमजोरी देखिएको छ। पहिले पहिले वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्ने भनिन्थ्यो । तर, अब सेवा निर्यात गरेर व्यापरा घाटा कम गर्न सक्छौं।’
यस्तै उनले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत फाउन्डेसनमा धेरै काम भएको भन्दै यसलाई अगाडि बढाउन निजी र सरकारी निकाय सबै लाग्नु पर्ने बताए ।
‘डिजिटल अर्थतन्त्रको आधार डिजिटल फाउन्डेसन हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत फाउन्डेसनमा धेरै काम भएका छन्,’ उनले, ‘डिजिटल इकोसिस्टममा एउटा मात्रै क्षेत्र आएर हुँदैन्, सबै क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ।‘
राष्ट्र बैंकले डिजिटल बैंक स्थापना, आफ्नै भर्चुअल मुद्रा र स्यानबक्समा ल्याउने काम गरिरहेको उनले बताए।
यस्तै फिनटेक एलाइन्स नेपालका अध्यक्ष सञ्जीवराज भण्डारीले डिजिटल अर्थतन्त्रलाई उकास्न डिजिटल नेपाल फ्रेमवर्कलाई वास्तविकतामा उतार्ने अवसर आएको बताए ।
उनले भने, ‘अब डिजिटल नेपाल फ्रेमवर्कलाई ग्लोरीफाई गर्ने कुरा सकिएको छ र अब वास्वविकतामा आएर काम गर्नुपर्छ।’
नेपालीहरु विश्वभरी नै छरिरहेक अवस्थामा यसले डिजिटल अर्थतन्त्रमा बेजोड रुपमा सघाउने बताए ।
उनले भने, ‘३ करोड नेपालको जनसंख्या सानो होइन् । नेपाली ट्यालेन्ट विश्वभर छरिएर रहेका छन् । कुन देश होला यसरी फैलिएको ?’
उस्तै फोनपेले फिनटेकका लागि डिजिटल फाउन्डेसन तयार गरिरहेको फोन पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक सापकोटाले बताए ।
उनले भने, ‘ फोनपेले फिनटेकका लागि डिजिटल फाउन्डेसन तयार गरिरहेको छ । यो आफ्नो लागि मात्र नभएर सबैका लागि हो । हामीले तयार पारेको फाउन्डेसनमा बैंक, भुक्तानी सेवा प्रदायक सबै जोडिएका छन्।’
नेपालमा कोराना महामारीपछि मात्रै डिजिटल प्रविधिको तीव्र गतिमा प्रयोग भएकाले यसबारे साइबर सुरक्षाबाट बच्न डिजिटल साक्षरतामा जोड दिनु पर्ने उनको भनाइ छ।
‘नेपालमा मात्र नभएर विश्वको जुनसुकै रोबस्ट सिस्टमा पनि आउछ, त्यसलाई बुझ्नुपर्छ, उनले भने, ‘ह्याकिङ, फ्रड जस्ता साइबर सुरक्षाबाट जोगिन डिजिटल साक्षरतामा जोड दिनुपर्छ।’
उनले अब छरिएको सबै डेटालाई एक ठाउँमा ल्याउनु पर्ने आवश्यकता भइसकेको बताए । ‘ अब छरिएको डेटालाई एक ठाउँमा एक ठाउँमा ल्याउनु पर्छ र त्यसको शीर्ष पंतिमा एआई/एमएललाई राख्नुपर्छ।’
आईएमई पेका सीईओ प्रविण रेग्मीका अनुसार गुणस्तरीय इन्टरनेट नहुँदा डिजिटल कारोबारमा समेत समस्या भोग्नु परिरहेको बताए । डिजिटल साक्षरता र पूर्वाधारमा जोड दिनु पर्नेमा उनको जोड छ ।
उनले भने, ‘गुणस्तरीय इन्टरनेट नहुँदा डिजिटल कारोबारमा समेत समस्या देखिएको छ। त्यसकारण डिजिटल अर्थतन्त्रका लागि डिजिटल साक्षरता र पूर्वाधारमा जोड दिनुपर्छ।’