कीवर्डहरू -

नेपालमा सेवा दिएबापत गूगल, फेसबुक जस्ता कम्पनीलाई कर दाखिला गर्न छुट्टै बैंक खाता 

नेपालमा सेवा दिएबापत गूगल, फेसबुक जस्ता कम्पनीलाई कर दाखिला गर्न छुट्टै बैंक खाता 

नेपाली ग्राहकलाई डिजिटल सेवा उपलब्ध गराइरहेका विदेशी कम्पनीले तिर्नुपर्ने कर दाखिला गर्न छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ ।

आन्तरिक राजस्व विभागले गैरबासिन्दा व्यक्तिले नेपाली उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) र विद्युतीय सेवा कर (डिएसटी) विदेशबाट नेपालमा दाखिला गर्न छुट्टै खाता खोलेको हो ।

राजस्व वापतको रकम तोकिएको म्यादभित्र राजस्व खातामा दाखिला गर्न समेत आन्तरिक राजस्व विभागले अनुरोध गरेको छ । खातामा रकम पठाउँदा लाग्ने शुल्क करदाता आफैले व्यहोर्नु पर्नेछ ।

चालु आर्थिक वर्षको बजेटबाट सरकारले गैरबासिन्दा व्यक्तिले नेपाली उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र दुई प्रतिशत विद्युतीय सेवा कर (डीएसटी) लाग्ने व्यवस्था गरेको थियो भने डिजिटल सेवा कर सम्बन्धि छुट्टै कार्यविधि समेत तयार पारेको थियो ।

आर्थिक ऐन, २०७९ ले वार्षिक २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने गैरबासिन्दा व्यक्ति यस्तो करमा दर्ता हुनुपर्छ । नेपालमा अहिलेसम्म गूगल, इबिस्को इङ्क र लिंक्डइन मात्रै दर्ता भएका छन् ।