कीवर्डहरू -

१९८ मा फोन गरेर अब टेलिकमको एफटिटिएच सेवा लिन सकिने

१९८ मा फोन गरेर अब टेलिकमको एफटिटिएच सेवा लिन सकिने

सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै नेपाल टेलिकमले १९८ डायल गरेर एफटिटिएच सेवा जोड्न र जानकारी लिन सकिने भएको छ ।

ग्राहकले निःशुल्क नम्बर १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सक्ने छन् ।

मुलुकभरका सेवाग्राहीहरुले १९८-१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सक्ने छन् । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच  जडान गर्नेछ ।

नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।