कीवर्डहरू -

भिडियो कन्फेरेन्स कलमा जोडिनु अगाडि यी कुरा ध्यान दिनुहोस्

भिडियो कन्फेरेन्स कलमा जोडिनु अगाडि यी कुरा ध्यान दिनुहोस्

अहिले भिडियो कन्फेरेन्स कल विश्वव्यापी रुपमा सबैसँग जोडिने एक माध्यम भएको छ ।

भिडियो कन्फेरेन्स एक अर्कासँग जोडिन र अन्तर्क्रिया गर्नका लागि एकदमै सहज माध्यमको रुपमा प्रमाणित भएको छ ।

कहिलेकाँही केही साना साना गल्तीले कल नराम्रो पनि हुन सक्छ । त्यसैले कलमा बस्नु अघि यी पाँच तयारी गरेमा कल गर्न सहज हुनेछ ।

आफ्नो वरपर के छ ध्यान दिने

कल गरिरहँदा क्यामेरा पनि अन गर्नुपरेमा आफ्नो वरपर के छ भन्ने बारे ध्यान पुर्‍याउनुपर्छ । यसका लागि राम्रो लाईटको पनि व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

यसका लागि डेस्क ल्याम्प प्रयोग गर्‍यो भने पनि राम्रो हुन्छ । त्यसैगरी तपाईको कोठामा ठूलो झ्याल भएमा त्यतैतिर फर्किएर बस्नुपर्ने हुन्छ ।

कुन माध्यमबाट जोडिने

धेरै कम्पनीहरुको भिडियो कन्फेरेन्स गर्नका लागि स्काइप, गूगल मीट, जूम जस्ता निश्चित एप हुने गर्दछ तर हतारमा कसैसँग कुन माध्यमबाट भिडियो कन्फेरेन्स भन्ने लागेमा मेसेज गर्न मिल्ने एपमा भिडियो कलको पनि फिचर हुन्छ भन्ने बारे याद गर्नुपर्ने हुन्छ जस्तै फेसबुक मेसेन्जर, सिग्नल, एनड्रोइड मेसेजेज, गूगल हयाङ्गआउट ।

चाँडै नै मिटिङमा लग इन गर्ने

आफ्नो कनेकसनको अवस्था या सफ्टव्येर चलेको छ की छैन भन्ने बारे पहिले नै थाहा पाउनु पर्ने हुन्छ । यसका लागी पूर्व जाँच गर्नुपर्नै हुन्छ । मिटिङ सुरु भएपछि यस्तो कुराहरु जाँच गर्ने समय नै पुग्दैन् ।

धेरै एपहरुमा भिडियो प्रिभ्यूको पनि सुविधा दिइएको हुन्छ जसलाई प्रयोग गरेर पनि भिडियो कस्तो आउँछ भन्ने बारी जानकारी लिन सकिन्छ ।

वायर भएको कनेक्सन प्रयोग गर्ने

वाईफाईले समस्या गरिराखेमा इथरनेट केबल निकालेर सिधै जोड्ने जसले गर्दा अलि राम्ररी चल्न सक्छ । इथरनेट केबललाई लगेर ल्यापटपको इथरनेट पोर्टमा जोडँदा भेरै सहज हुन सक्छ ।

चार्जर नबिर्सिने

केही कन्फेरेन्स कल एकदमै लामो समय सम्म चल्ने खालको हुन सक्छन् । जसले गर्दा कलकै बिचमा पनि चार्जर सँग जोड्नुपर्ने हुन सक्छ । कन्फेरेन्स कलहरुले अलि ब्याट्री पनि चाँडै घटाउन सक्छ । कुनै पोरटेबल चार्जर प्रयोग गरेमा पनि राम्रो नै हुनेछ ।