कीवर्डहरू -

अलिबाबाका संस्थापक ज्याक मा काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट्‍ने

अलिबाबाका संस्थापक ज्याक मा काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट्‍ने

काठमाडौं। चिनियाँ नागरिक तथा सेलिब्रेटी अर्बपति ज्याक मा  नेपाल भ्रमणमा आएका छन् ।

सार्वजनिक जीवनमा बिलरै देखिने गरेका ज्याक मा बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

ज्याक मासहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको हो। ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्।

ज्याक माले १५ दिनको पर्यटकीय भिसामा नेपाल आएको अध्यगमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिए  । ज्याक माले प्रधानमन्त्रीलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालको लोकप्रिय ई-कमर्स कम्पनी दराजमा ज्याक माले स्थापना गरेको कम्पनी अलिबाबाको लगानी रहेको छ ।

विश्वभर अर्बपति ज्याक माको चर्चा चलिरहन्छ। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीनबाहिर धेरै लोकप्रिय भएपछि उनी चिनियाँ सरकारको तारोसमेत बन्ने गरेका छन्।

सरकारको निसानामा परेर विदेशिएका ज्याक मा गएको चैतमा चीन फर्किएका थिए। त्यसअघि उनी लामो समय जापान र थाइल्यान्ड बसेका थिए।

सन् २०२० को अक्टुबरमा ज्याकमाले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महँगो पर्‍यो।

सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख थियो ।