कीवर्डहरू -

नेपालमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक

नेपालमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक

माइक्रोसफ्टले नेपालमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक गरेको छ । डिजिटल रूपमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक भएको हो ।

यसले स्थानीय साना तथा मध्यम वर्गीय व्यवसाय तथा गैरनाफा संस्थाहरुले नयाँ इनाभेसन गर्न र उत्पादकलाई एआई टूलको प्रयोग गरेर वृद्धि गर्न सहयोग गर्नेछ ।

माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रलले नेपाली व्यवसायलाई क्लाउडको शक्ति प्रयोग गरेर बिक्री, सेवा, वित्त र सञ्चालन गर्न सहजता प्रदान गर्नेछ ।

सार्वजनिक कार्यक्रममा फिस्टेल एयरका प्रबन्ध निर्देशक मनोज कार्की, सिप्रदी कम्पनीका उपाध्यक्ष सौरभराज थपलिया र एजाइल सोलुसन्सका सह–संस्थापक सूर्य अर्याललगायत व्यवसायीहरूले माइक्रोसफ्ट डाइनामिक्स ३६५ मार्फत आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए ।

बिजनेश सेन्ट्रलले नेपालमा व्यावसायहरुले सामना गर्नुपरेको चुनौतीहरुलाई सम्बोधन गर्ने पनि कम्पनीको भनाइ छ ।

'सम्भावित रूपमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रलले नेपालको अर्थतन्त्रको लागि ठूलो भूमिका निर्वाह गर्नेछ, 'बंगलादेश, भुटान र नेपालका लागि माइक्रोसफ्टका कन्ट्री प्रबन्ध निर्देशक मो युसुप फारुकुले भने, 'साना र मझौला व्यवसायहरू अर्थतन्त्रको अत्यावश्यक अंग हुन्, र तिनीहरूले देशको जीडीपीमा ठूलो योगदान पुर्‍याउँछन् ।'

माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रलमार्फत इनोभेटिभ टेक्नोलोजीको साथ साना र मझौला व्यवसायहरूलाई सशक्त बनाएर, माइक्रोसफ्टले डिजिटल प्रवेग र देशको समग्र आर्थिक वृद्धि हासिल गर्न एकीकृत प्लेटफर्म प्रदान गर्न खोजेको उनले बताए ।

माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रलमा एआइ–आधारित डाटा एनालिटिक्स टूल, इन्टेलिजेन्ट अटोमेसन, र डाटा–संचालित अन्तरदृष्टिहरू प्रदान गर्ने व्यवस्था गरिएको छ ।

माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रलले संस्थाहरूलाई तिनीहरूको बिक्री प्रक्रियाहरू परिमार्जन गर्न, आपूर्ति श्रृंखलाको परिदृश्य सुधार गर्न र थकाइलाग्दो कार्यहरू स्वचालित गर्न मद्दत गर्न सक्छ । यसले गर्दा साना र मझौला व्यवसायहरूलाई इनोभसेन र स्केलिङमा ध्यान केन्द्रित गर्न अझै सहज पार्नेछ ।