कीवर्डहरू -

दूरसञ्‍चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त

दूरसञ्‍चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि ५ जनाले दरखास्त दिएका थिए । सदस्य पदमा नियुक्त भएका बर्दियाका अधिकारीको कार्यकाल ५ वर्ष रहने छ ।