कीवर्डहरू -

अब नेपाली मुद्रामै फेसबुकमा विज्ञापन गर्न पाइने

अब नेपाली मुद्रामै फेसबुकमा विज्ञापन गर्न पाइने

अब फेसबुकमा नेपाली मुद्रामै विज्ञापन गर्न सकिने भएको छ । फेसबुकको मुल कम्पनी मेटाले नेपालमा एचटिटिपुल बाई एलेफलाई आफ्नो आधिकारिक बिक्री साझेदार चयन गरेसँगै नेपाली मुद्रामै फेसबुकमा विज्ञापन गर्न सकिने भएको हो ।

यसले व्यवसायीहरूलाई कारोबार गर्न सजिलो हुने विश्वास गरिएको छ । नेपालमा मेटाको अधिकारिक आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरू र एजेन्सीहरूलाई व्यापार विस्तार, आन्तरिक समर्थन, रणनीतिक मार्गदर्शन, क्रस्स्-बोर्डर बिलिङ्ग र अन्य मेटाका उत्पादनहरूमा आवश्यक सहयोग प्रदान हुने जनाइएको छ ।

विज्ञापनदाताहरूलाई नयाँ सीपहरू सिक्न मद्दत गर्ने बताउँदै एचटीटीपुल बाई एलेफका प्रबन्ध निर्देशक सन्नी नागपालले मेटाले प्रदान गरेको सुबिधालाई अधिकतम बनाउन मद्दत गर्न विभिन्न क्षेत्रमा कार्यशालाहरू र प्रशिक्षण प्रदान गर्ने बताए ।

एचटिटिपुल बाई एलेफले मेटाको आधिकारिक बिक्री साझेदारको रूपमा १८ बढी देशमा सेवा दिइरहेको छ ।नेपालमा एचटिटिपुल बाई एलेफको बलियो टोली छ । यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरूका लागि आधिकारिक र राष्ट्रिय दुवै भाषामा सेवामा प्रदान गर्दै आएको छ ।