कीवर्डहरू -

कर्णाली प्रदेशका व्यवसायहरूलाई अकाउन्टिङ सफ्टवेयर टिग निःशुल्क दिइने

कर्णाली प्रदेशका व्यवसायहरूलाई अकाउन्टिङ सफ्टवेयर टिग निःशुल्क दिइने

कर्णाली प्रदेशका साना तथा मझौला व्यवसायहरूलाई अकाउन्टिङ सफ्टवेयर टिग निःशुल्क उपलब्ध हुने भएको छ । कर्णाली प्रदेशसँगको सहकार्यमा टिगले कर्णालीका साना तथा मझौला व्यवसायलाई निःशुल्क क्लाउडमा आधारित टिग सफ्टवेयर उपलब्ध गराउने भएको हो ।

यस विषयमा गत आईतबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीसँग टिगले छलफल गरेको थियो ।

उक्त छलफलमा मन्त्री जीसीले कर्णालीलाई डिजिटल बनाउन टिग जस्ता सफ्टवेयरले सहयोग गर्ने बताए । ‘डिजिटल कर्णाली बनाउने हाम्रो उद्देश्य छ,’ मन्त्री जीसीले भने,‘व्यापार व्यवसायहरुलाई डिजिटलाइजेशन गरेर डिजिटल कर्णालीको लक्ष्यलाई टिगले सघाउने छ । टिगसँग सहकार्य गर्न पाउँदा खुसी छौं ।’

यस्तै टिगकी सह-संस्थापक प्राथना शाखःले कर्णाली प्रदेश सरकारको डिजिटल कर्णाली अभियानलाई सघाउने उद्देश्यले प्रदेशभित्रका व्यवसायलाई निःशुल्क टिग सफ्टवेयर दिन लागेको बताइन् ।

‘कर्णाली प्रदेशले डिजिटल कर्णाली मिसनलाई अगाडि बढाएको छ,’ उनले भनिन्, ‘डिजिटल कर्णाली बनाउन व्यवसायलाई पनि डिजिटल बनाउनु पर्छ । त्यसै अनुसार कर्णाली प्रदेशका साना तथा मझौला व्यवसायलाई निःशुल्क सफ्टवेयर दिदैछौं ।’

आधनिुनिक प्रविधिमा सबैलाई समेट्ने आफ्नो प्रतिबद्धता अनसुार टिगले कर्णाली प्रदेश भित्र पर्ने नौ जिल्लाहरु (पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मगु, दैलेख र जाजरकोट) मा दर्ता ठेगाना भएका सबै व्यवसायहरूलाई टिग सफ्टवेयर निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रति व्यवसाय २० देखि ३२ हजारसम्म पर्ने टिग सफ्टवेयर दर्गुम स्थानमा सञ्चालित कर्णाली प्रदेशका व्यवसायिहरूलाई निःशुल्क दिन लागरिएको हो ।

टिगले व्यवसायहरूलाई सुव्यवस्थित गर्न र लेखा बहिखाता व्यवस्थित गर्न सहज बनाउने कम्पनीको विश्वास छ । यस सहकार्यले स्थानीय व्यवसायहरूलाई सशक्तिकरण गरेर प्रदेशको आर्थिक वृद्धिमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।