कीवर्डहरू -

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता लिन सकिने 

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता लिन सकिने 

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता पाइने भएको हो । कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री गगन थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली कांग्रेसको सदस्यता लिन चाहने नेपाली नागरिकले वेबसाइट मा गएर आवेदन दिन र २० रूपैयाँ शुल्क बुझाउन सक्ने छन् ।

सदस्यता फारम भरिसकेपछि मोबाइलमै जानकारी आउने छ । आवेदनमाथि पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरि अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड दिइने जनाइएको छ ।