कीवर्डहरू -

सामसङ ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुँदै

सामसङ ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुँदै

सामसंगको ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुने भएको छ । कम्पनीको नयाँ स्मार्टफोनको बजारमा लामो समयदेखि चर्चा चलिरहेको थियो ।

सामसंग ग्यालेक्सी एम ३४ फाइभजी अर्को महिना लन्च हुँदैछ । कम्पनीले सामसंग ग्यालेक्सी एम ३४ फाइभजी जुलाई ७ मा लन्च गर्ने बताएको छ ।

नयाँ स्मार्टफोनको टिजर अनलाइन सपिङ वेबसाइट अमेजनमा पनि सार्वजनिक गरिएको छ । ग्यालेक्सी एम ३४ फाइभजीको टिजरले नयाँ स्मार्टफोनको बारेमा केही स्पेसिफिकेशनहरूको पनि जानकारी दिएको छ ।

टिजरका अनुसार सामसुङ ग्यालेक्सी एम३४ ५जी मोन्स्टर डिस्प्लेको साथ ल्याइएको छ । यो डिभाइसमा ६.६ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले रहेको छ । डिस्प्लेले १२० हर्ट्ज रिफ्रेस रेट समेत पाउनेछ ।

क्यामेरा सुविधाहरूको बारेमा कुरा गर्दा, प्रमुख क्यामेरा ५० मेगापिक्सेलको रहेको छ । यो सामसङ उपकरणको साथ, प्रयोगकर्ताहरूले ब्लर–रहित इमेजहरू खिच्न सक्नेछन् । यस बाहेक ग्यालेक्सी एम ३४ फाइभजीलाई ब्राइट नाइट फोटोग्राफी फिचर सहित ल्याइएको छ ।

ब्याट्रीको बारेमा कुरा गर्दा, यो डिभाइसमा ६००० एमएएच ब्याट्री रहेको छ । ब्याट्री पूर्ण चार्ज भएपछि, यो दुई दिनसम्म प्रयोग गर्न सकिन्छ । डिभाइसको मूल्यको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी खुलासा गरिएको छैन ।