कीवर्डहरू -

अहिले दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र छापिइरहेका छन्ः प्रधानमन्त्री

अहिले दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र छापिइरहेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रडण्ड’ले हाल दैनिक १५ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र छपाइ भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले पुस ११ सम्म दैनिक ७ हजारको संख्यामा छपाइ हुने परिचयपत्र अहिले दुई सिफ्टमा १५ हजारको संख्यामा छापिइरहेको जानिकारी दिएका हुन् ।

उनका अनुसार ५३ जिल्लाका ५५४ स्थानीय तहमा अभियान सञ्चालन गरी करिब १ करोड ३० लाख नागरिकको विवरण संकलन भएको छ ।

बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालयमा टाइम कार्ड एवं टोकन प्रणाली लागू गरिएको प्रधानमन्त्रीले जानकारी दिए ।