कीवर्डहरू -

एनओसी लिन लाइन लाग्नु पर्दैन्, मोबाइलमै प्राप्त हुन्छः प्रधानमन्त्री

एनओसी लिन लाइन लाग्नु पर्दैन्, मोबाइलमै प्राप्त हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले नो अब्जेक्सन लेटर (एनओसी) मोबाइलमै पाउने व्यवस्था गरेको बताए ।

बुधबार प्रतिनिधि सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले केही महिना अघिसम्म एओसी लिन लाइन बस्नु पर्ने व्यवस्था अन्त्य गर्दै मोबाइलमै प्राप्त गर्न सकिने व्यवस्था गरेको जानकारी दिएका हुन् ।

‘केही महिनाअघिसम्म विद्यार्थीहरू नो अब्जेक्सन सर्टिफिकेट लिन भक्तपुरको सानो ठिमीमा मध्यरातदेखि कम्बल बोकेर लाइनमा बसेका समाचार आउँथे,’ प्रधानमन्त्री संसदमा भने, ‘विदेशमा पढ्न हिँडेका युवा विद्यार्थीमा त्यो यातनाले व्यवस्था र अवस्थाप्रति पक्कै वितृष्णा जगाउँथ्यो । अहिले त्यो सर्टिफिकेट आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने भएको छ ।’