कीवर्डहरू -

सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण

सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण

पछिल्लो सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण भएका छन् ।

प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले पहिल्ला सात महिनामा मात्रै १८ लाख चार सय ३१ विद्युतीय राहदानी वितरण भएको जानकारी दिएका हुन् ।

अहिले राहदानीका लागि आवेदन दिन कुनै बिचौलियाको आवश्यकता नपर्ने बताउँदै उनले आफ्नै मोबाइलबाट चौबीसै घन्टा आवेदन दिन सकिने बताए ।

‘राहदानी लिन त्यस्तै सकस थियो । विचौलियालाई हजारौं तिरेर र हप्तौं लाइन बसेर ठूलो प्रतीक्षापछि मात्र राहदानी हात पर्थ्यो,’ उनले संसदमा भने, ‘अहिले राहदानी विभागअगाडि कुनै भिड देखिँदैन। आवेदन दिन अब कुनै विचौलिया चाहिँदैन, आफ्नै मोबाइलबाट चौबीसै घन्टा आवेदन दिन सकिन्छ ।’