कीवर्डहरू -

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स बुझ्न सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स बुझ्न सकिने

एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको  खातामा डिपोजिट गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई सघाउ पुग्नेगरी आएको सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NICASIAMo Bank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN  राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने जनाइएको छ ।