कीवर्डहरू -

डेक्स्टप अनुभवलाई उत्कृष्ट बनाउँदै साओमीको मनिटर

डेक्स्टप अनुभवलाई उत्कृष्ट बनाउँदै साओमीको मनिटर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र उच्च–गुणस्तरीय उपकरणहरू ल्याउँदै आफ्नो उत्पादनहरु विस्तार गर्दै आएको छ ।

नेपालमा टेक्नोलोजी रुचाउनेहरूका लागि शाओमीले भर्खरै दुई शक्तिशाली डेस्कटप मोनिटरहरू एमआइ २३.८‘‘ इन्च डेस्कटप मोनिटर १सी र एमआइ डेस्कटप मोनिटर २७‘‘ इन्च  लिएर आएको छ ।

एमआइ २३.८‘‘ इन्च डेस्कटप मोनिटर १सी

एमआइ २३.८ इन्च डेस्कटप मोनिटर वानसी एक कम्प्याक्ट र फिचर–प्याक मोनिटर हो जसले आकर्षक भिजुअल सँगै अत्याधुनिक प्रविधि प्रदान गर्दछ । २३.८ इन्च आइपिएस एफएचडी डिस्प्लेले स्पष्ट डिटेलहरू प्रदान गर्दछ भने १७८ डिग्री भियुइंग एंगल भएको यो मोनिटर विभिन्न कामहरु जस्तै ग्राफिक डिजाइनिङ्ग, भिडियो इदिटिङ्ग तथा मनोरञ्जनका लागि उत्कृष्ट रोजाइ हो ।

फूल एचडी रिजोलुशनले उत्कृष्ट र क्लियर दृश्य प्रदान गर्नुका साथसाथै १७८ डिग्री भियुइंग एंगलले विभिन्न स्थानहरुबाट आरामदायी रुपमा हेर्न मद्दत गर्दछ । एमआइ २३.८‘‘  डेस्कटप मोनिटर वानसी, ६ एमएस फास्ट रेस्पोन्स र ६० हर्ज रिफ्रेस रेटसँग सुसज्जित छ र यसले स्मुथ दृश्यहरू सुनिश्चित गर्दै मोशन ब्लरलाई कम गर्छ जसले गर्दा गेमरहरू र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्दछ ।

यस मोनिटरमा रिफ्रेस रेटसँग रहेको ग्राफिक कार्डले थप इमर्सिभ गेमिङ अनुभवको लागि स्क्रिन टिएरिङ्ग र स्टटरिङ्गको समस्या हटाउँछ ।

ठुलो डिस्प्ले रुचाउनेहरूका लागि एमआइ डेस्कटप मोनिटर २७ इन्चले दृश्यात्मक रूपमा मनमोहक अनुभव प्रदान गर्दछ । यसको २७ इन्च आइपिएस एफएचडी डिस्प्लको साथमा, यो मोनिटरले गर्ने कार्यहरू जस्तै डिजाइन र कन्टेन्टको लागि आकर्षक र विस्तृत दृश्यहरू प्रदान गर्दछ ।

आइपिएस प्यानलले विभिन्न स्थानहरूबाट हेर्दा एकरूप रंगहरू र उत्कृष्ट दृश्यहरु सुनिश्चित गर्दछ । एमआइ डेस्कटप मोनिटर २७ इन्चको ७५ हर्ज रिफ्रेस रेट र ६ एमएस  रेस्पोन्स समयले सहज भिजुअलहरू प्रदान गर्दछ र द्रुत–गति गेमिङको समयमा हुने समस्याहरु कम गर्छ । तपाईंका जटिल परियोजनाहरूको काम होस् वा गेमिङको रमाइलोमा झुम्न, यो मनिटरले दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ ।

दुबै मोनिटरहरू पातलो र आकर्षक डिजाइनमा आधारित छन् र त्यसैगरी अल्ट्रा–थिन बेजेलले स्क्रिनलाई अधिकतम ठाउँ दिने र थप इमर्सिभ अनुभव प्रदान गर्दछ । एमआइ २३.८ इन्च डेस्कटप मोनिटर वानसी, १५ डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ भने एमआइ  डेस्कटप मोनिटर २७ इन्च, एक्काइस डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ जसले गर्दा आफ्नो अनुकूलता अनुसार यी मोनिटरहरुलाई मिलाउन सकिन्छ ।

कनेक्टिभिटी
कनेक्टिभिटीमा शाओमीले एचडीएमआइ, भिजिए र अडियो सहित विभिन्न कनेक्टिभिटी अप्सनहरूले प्रयोगकर्ताहरूलाई विभिन्न उपकरणहरू एकै साथ जडान गर्न र तिनीहरूको पूर्ण लाभ उठाउन मद्दत गर्दछ । यससँगै मोनिटरहरू भित्ता माउन्ट गर्न मिल्ने भएका हुनाले डेस्क स्पेस जोगाउने काम पनि गर्दछन् ।

मूल्य

नेपालमा २३.८ इन्च डेस्कटप मोनिटर वानसी  र एमआइ डेस्कटप मोनिटर  २७ इन्च को आगमनसँगै, शाओमीले विभिन्न प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने शक्तिशाली र किफायती उपकरणहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राखेको छ । एक डिजाइनर, गेमर, वा सामान्य प्रयोगकर्ता जोसुकैलाई पनि यी मनिटरहरूले प्रदर्शन, अत्याधुनिक फिचरहरु र किफायतीको संयोजनसँगै उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

एमआइ २७ इन्च डेस्कटप मोनिटर र एमआइ २३.८ इन्च डेस्कटप मोनिटर वानसी को बजार मूल्य रु. २२,९९९ र रु. १९,९९९ रहेको छ र नेपालभरका सबै आधिकारिक मी स्टोरहरूमा यी मोनिटरहरु उपलब्ध रहेका छन् ।