कीवर्डहरू -

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने 

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने 

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । माइ पेले एसईई पास भएका १०० जना विद्यार्थीलाई मासिक ५ हजारसम्म छात्रवृत्ति दिन लागेको हो ।

यस योजनामा ९९ जना विद्यार्थीले मासिक रु ५०० का दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक रु ५,००० का दरले एक वर्षसम्म छात्रवृत्ति पाउने छन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माइ पे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नुपर्नेछ। फर्म भर्नका लागि रु १० शुल्क लाग्नेछ।

देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन्। छात्रवृत्तिमा छनौट भइसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्ने छ । आवेदन साउन अन्तिमसम्म दिन सकिने छ ।