कीवर्डहरू -

क्वालकमको स्न्यापड्रयागन ४ प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक

क्वालकमको स्न्यापड्रयागन ४ प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक

साओमीले रेडमी नोट १२ आर स्मार्टफोन सार्वजनिक गरेको छ । क्वालकमको नवीनतम स्नापड्रागन ४ जेन २ चिपसेटसहित चीनमा रेडमी नोट १२ सार्वजनिक भएको हो ।

यसमा ५००० एमएएच ब्याट्री र ५० एमपी डुअल रियर क्यामेरा सेटअप छ । रेडमी नोट १२ आर स्मार्टफोन चार भेरियन्टमा उपलब्ध छ ।

यस फोनको बेस भेरियन्टको मूल्य चिनियाँ युआन ९९९ तोकिएको छ, जसमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज छ । फोनको दोस्रो भेरियन्ट ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १०९९ युआन कायम गरिएको छ ।

रेडमी नोट १२ आरको तेस्रो भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १४९९ युआन र ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको फोनको मूल्य १६९९ युआन तोकिएको छ ।

रेडमी नोट १२ आर स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेटको साथ ६.७९ इन्च फुल–एचडी+ आइपिएस एलसीडी डिस्प्ले रहेको छ, जसको रिजोल्युशन २४०० * १०८० पिक्सेल छ । फोनको डिस्प्लेको अधिकतम ब्राइटनेस ५५० निट्स छ ।

फोन पछिल्लो एन्ड्रोइड १३ मा आधारित एमआइयूआइ १४ मा चल्छ । रेडमी नोट १२ आर स्मार्टफोन क्वालकमको ४ न्यानो मिटर प्रक्रियामा निर्मित स्नापड्रागन ४ चिपसेटको साथ आउने पहिलो स्मार्टफोन हो ।

यस फोनमा डुअल रियर क्यामेरा सेटअप दिइएको छ, जसले उत्कृष्ट तस्बिरहरू क्लिक गर्ने क्षमता राख्छ । यसमा ५० मेगापिक्सेलको प्राथमिक क्यामेरा छ ।

यसको साथमा २ एमपीको सेकेन्डरी क्यामेरा सेन्सर दिइएको छ, जसले म्याक्रो लेन्स र डिटेल क्लोज अप शट क्लिक गर्छ । यो रेडमी फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।