कीवर्डहरू -

आइएमई पेबाट पानीको बिल तिर्दा १० प्रतिशत छुट, बिजुलीको भुक्तानीमा सेवा शुल्क नलाग्ने

आइएमई पेबाट पानीको बिल तिर्दा १० प्रतिशत छुट, बिजुलीको भुक्तानीमा सेवा शुल्क नलाग्ने

आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । अफर असार १७ देखि असार २३ गतेसम्म एक हप्ताका लागि चल्ने छ।

यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्ने आइएमई पेले जनाएको छ। एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउने छन्।

साथै ग्राहकले बिजुलीको बिल आइएमई पेमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकलाई आफ्नो घरायसी बिलहरु विद्युतीय माध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको बताइएको छ।