कीवर्डहरू -

नर्ड सिइ थ्री स्मार्टफोन ल्याउँदै वानप्लस

नर्ड सिइ थ्री स्मार्टफोन ल्याउँदै वानप्लस

वानप्लसले नर्ड सिइ थ्री स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्ना आगामी डिभाइसहरूको स्पेसिफिकेशनहरू एक एक गरेर खुलासा गर्दैछ ।

लन्च हुनु अघि, कम्पनीले वानप्लस नर्ड सिइ थ्री स्मार्टफोनको विशिष्टताहरू सार्वजनिक गरेको छ । यसअघि, कम्पनीले फोनको डिजाइन विवरण र कलर भेरियन्टको बारेमा जानकारी साझा गरेको थियो । यो फोन कहिले सार्वजनिक हुन्छ त्यो भने खुलाइएको छैन् ।

वानप्लसको आधिकारिक वेबसाइटमा जारी गरिएको टिजरले वानप्लस नर्ड सिइ थ्री स्मार्टफोनमा क्वालकम स्नापड्रागन ७८२ जी प्रोसेसर हुने देखिएको छ ।

यो प्रोसेसर स्मूद गेमिङ र उत्कृष्ट इमेज प्रोसेसिङ क्षमता भएको कम्पनीको दाबी छ । यसको एक्वा सर्ज कलर भेरियन्ट पनि यो भन्दा पहिले सार्वजनिक गरिएको आगामी फोनको टिजरबाट खुलासा गरिएको छ  ।

वानप्लसको आगामी फोनमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ । फोनमा दुई गोलाकार क्यामेरा मोड्युलहरू प्रदान गरिनेछ, जसमा क्यामेरा सेन्सरहरू स्थापना गरिनेछन् । यसका साथै फोनमा एलईडी फ्ल्यास पनि दिइनेछ ।

कम्पनीले यस फोनका धेरै स्पेसिफिकेशनहरू पहिले नै टिजर गरिसकेको छ । कम्पनीले यो अलर्ट स्लाइडर र फ्ल्याट डिजाइनको साथ आउने पुष्टि गरेको छ । यो फोनले १७.१२ सेमी स्क्रिन पाउनेछ, जसको रिफ्रेस रेट १२० हर्ज छ ।

यो फोन २५६ जीबी यूएफएस ३.१ स्टोरेज हुनेछ । फोन ग्रे र मिस्ट ग्रीन गरी दुई रंगमा बिक्रीको लागि उपलब्ध हुनेछ ।