कीवर्डहरू -

समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा  

समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा  

सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय सम्झौता भएको छ ।

सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापछि सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क डिम्याट खातादेखि छुट सुविधा उपलब्ध गराउने छ ।

सम्झौता अनुसार निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आर्थिक वर्षको डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निःशुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गर्ने छ ।

यस्तै समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श तथा दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट उपलब्ध गराउने छ ।