कीवर्डहरू -

विद्यालय शिक्षालाई डिजिटल र प्रयोगात्मक बनाउन अग्रसर कम्पनी

विद्यालय शिक्षालाई डिजिटल र प्रयोगात्मक बनाउन अग्रसर कम्पनी

नेपालका सरकारी र सामुदायिक विद्यालयको दुरावस्था र गुणस्तर उकास्नेबारे धेरै बहस चल्छन् । हरेक वर्ष सरकारले अरबौं रुपियाँ शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ । तर देशले उचित प्रतिफल पाउन सकिरहेको छैन । शिक्षामा पुरानै पद्धति पछ्याइरहँदा र नीतिगत रुपमा सुधारहरु हुन नसक्दा नेपालको शिक्षा क्षेत्र कमजोर बन्दै गइरहेको यथार्थ सबैसामु अवगत नै छ । सामुदाियक र सरकारी विद्यालयहरुको दुरावस्थाका कारण विद्यालयको शिक्षालाई केहीले खुलेआम ब्यापार बनाउने छुट पाएका छन् ।

यावत् समस्या र झमेला यो शिक्षाले भोगिरहेको छ । यस्ता अस्तव्यस्त थितिका बाबजुद सरकारले शिक्षा क्षेत्रलाई सुधार गर्न पटक पटक आयोग बनाएको छ । यस्ता आयोगले बनाएका प्रतिवेदनलाई आधार बनाई सरकारले सुधारका केही कदम चालिसकेको छ । तिनै मध्ये एक हो विद्यालयस्तरमा इन्जिनियरिङ शिक्षाको सुरुवात । यसअन्तर्गत विभिन्न साइन्स प्रोजेक्टहरु दिइ र उनीहरुलाई नै समावेश गराई साइन्स टेक्नोलोजीतर्फ आकर्षित बनाउनतर्फ जोड दिइएको छ । तर, यसरी मात्र सक्षम शिक्षक र औजार र उपकरणभ भएका सामुदायिक विद्यालयकोमा यो लागू गर्न असम्भव प्रायः छ ।

समस्यालाई समाधात गर्ने हेतुले शिक्षा क्षेत्रमा वर्षौ काम गरेका अनुभवसहित केही युवाहरुले नेश्नल इन्जिनियरिङ एन्ड एस्ट्रोलोजिकल रिसर्च सोसाइटी नामक संस्था स्थापना गरेका छन् । गत असोजदेखि कम्पनी सञ्चालन गरेका युवाको टिमले विद्यालय शिक्षालाई रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।

‘नेपालको शिक्षण प्रणालीलाई डिजिटल र व्यवहारिक शिक्षामा रुपान्तरण गर्ने काममा सहयोग गर्नु नै हाम्रो मुख्य उद्धेश्य हो’ कम्पनीका सहसंस्थापक सुशील भट्टराईले भने । कम्पनीमा उनका अतिरिक्त शुभराज शर्मा, दिपिका श्रेष्ठ र ऋषिक भट्टराई पनि सहसंस्थापकको रुपमा रहेका छन् । काठमाडौंको धुम्बाराही ४ मा रहेको यो संस्थामा सयजनाभन्दा बढी इन्जिनियर, प्रोफेसर, टिचर, प्रोफेसनलहरु आदि सदस्य रहेका छन् ।

यस संस्थामार्फत विभिन्न विषयमा कृषि र शिक्षा क्षेत्रलाई लक्षित गरी प्रविधिको विकास र विक्री गर्ने योजना ल्याएका छन् यी युवाले । साथै यस संस्थाका सदस्यहरुले सामुदायिक विद्यालयहरुमा गई विज्ञान र म्याथ विषयका कक्षाहरु सञ्चालन गर्ने छन् । यसरी लिइएको कक्षाहरु पूर्णरुपमा डिजिटल र एक्स्पेरिमेन्टल हुने छ । यसबाट विद्यार्थीको म्याथ र साइन्सप्रतिको झुकाव बढ्नुका साथै त्यस विद्यालयमा शिक्षकहरुको लागि आफूले निखार्ने वा ट्रेन गर्ने अवसरको रुपमा रहनेछ ।

प्रत्येक विद्यालयमा यस्तो कार्यक्रम आवश्यकता हरेकी वा वर्षमा ६ पटकसम्म गर्ने संस्थाको योजना रहेको छ । फ्याकल्टीको रुपमा काम गर्न चाहने टेक्निसियन, टिचर, इन्जिनियर र विभिन्न विषयमा प्रोफेसनलहरुलाई यस संस्थाको मेम्बरसिप निःशुल्क रहेको छ । अरुलाई भने रु ५. सयदेखि र संस्थालाई रु. २५ हजारसम्म रहेको छ । NEAR को शिक्षा सुधारको उद्धेश्य पुरा गर्न चाहिने जनशक्ति मेम्बरसिप प्लानबाट उत्पादन गरिनेछ ।

यस संगठनले विद्यालयहरुमा गर्ने कार्यक्रम यस प्रकार रहेका छन्  :
१. विद्यालयमा गई फिजिक्स, केमेस्ट्री बायोलोजी, एस्ट्रोलोजीसम्बन्धी पाठ्यक्रममा आधारित विभिन्न परीक्षणहरु देखाउने र विद्यार्थीलाई पनि संलग्न गराउने र जसकिो लागि चाहिने उपकहरहणस्रु सबै ल्भ्ब्च् बाटै व्यवस्था हुने छ ।
२. विद्यार्थी र शिक्षहरुलाई डिजिटल एजुकेशनको प्रयोग र आवश्यकताको बारेमा ट्रेनिङ दिने
३. नेपालमा वैज्ञानिक प्रयोग अनुसन्धान र जनशत्तिः उत्पादनको भविष्य र मकत्वको बारेमा जानकारी दिने
४. विद्यालयका व्यवस्थापन पक्षलाई सहयोग र सुझाव दिने

NEAR को उद्धेश्य शिक्षाालाई सुधार मात्र गर्ने नभई देशभित्रै बेरोजगार र शिक्षत जनशक्ति एकीकृत गर्दै त्यसबाट समूहगत रुपमा शिक्षा र प्रविधि विकास गर्न र त्यसको उचित उत्पादन र बजार व्यवस्थापन गर्नु पनि रहेको छ । हाल नियरले यसै ब्राण्डमा उत्पादन भएका टेलिस्कोप, रकेट मोडेल, दुरबिन र एन्टि ग्रेभिटी ह्वील जस्ता उपकरणहरु Hrisheek Innovations Pvt. Ltd. बाट विक्रीवितरण गर्दै आइरहेको छ । यसै कम्पनीका प्रडक्टहरु र सर्भिसको बारेमा जानकारीका लागि www.hrisheek.com मा गएर हेर्न सकिन्छ ।

याे पनि पढ्नुहाेस्
'विज्ञानका लागि सहकार्य' विषयमा सम्मेलन एवं प्रदर्शनी सम्पन्न