कीवर्डहरू -

९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह

९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्तानी लगायत अन्य सेवाहरूको लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ ।

९७० बाट सुरू हुने नम्बरमा ओटीपी नआउने, साइनअप र वालेटबाट कारोबार गर्दा समस्या देखिएपछि प्राधिकरणले एक सूचना जारी गर्दे उक्त सेवाका लागि आवश्यक सहजीकरण गर्न सेवा प्रदायकलाई आग्रह गरेको हो ।

नयाँ नम्बरिङ्ग रेन्ज (९७०XXXXXXX) खुल्ला गरिएको हुँदा उक्त ९७० बाट सुरू भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवार्ड (OTP) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप (Sign Up ) गर्दा समस्या भएको वालेटहरू मार्फत कारोबार गर्दा प्राविधिक कठिनाई भइरहेको छ ।

९७० बाट सुरू हुने मोबाइल नम्बरलाई पनि अन्य मोबाईल नम्बर सरह सेवाहरू उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई प्राधिकरणले अनुरोध गरेको हो ।