कीवर्डहरू -

१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम 

१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम 

डिश मिडिया नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । डिशहोमले शेयर कित्ता बढाएर आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा पुनः आवेदन दिएको हो ।

कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न असार १२ गते बोर्डमा निवेदन दिएको छ भने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

‍यसभन्दा अगाडि कम्पनीले २०७७ असार ३० गते २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि डिशहोमले आईपीओ ल्याउने छ ।