कीवर्डहरू -

गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने

गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने

गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदूषण, कीटाणुहरू ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ पार्दछ ।

यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ।

टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित  यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।

गोडरेजको यस एअर कन्डीसनरमा १० वर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।