कीवर्डहरू -

एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क

एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन्।

परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न होस् यो अफरमार्फत् ग्राहकहरूले सहज र प्रभावकारी रूपमा रकम ट्रान्सफर गर्न सक्ने बैंकको भनाइ छ।

सो अफर साउन मसान्तसम्म लागु हुनेछ। साथै बैंकले असार अन्तिमसम्म आफ्नो ग्राहकहरूलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने जनाएको छ। बैंकको नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।