कीवर्डहरू -

केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका

केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्ड केही दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ । त्यसैअनुसार बोर्डले बुधबार एसईई २०७९ को नतिजा हेर्न तरिका बारे जानकारी दिएको छ ।

यस वर्षको एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित हुनेछ ।  एसएमएसबाट नतिजा थाहा पाउन SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३, ३१०६४ वा १६०० पठाउनु पर्ने छ ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट सनेत थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट , राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट , खल्ती , निमा एकेडेमी , इकान्तिपुर डटकम , दि कनेक्ट प्लस , इडियु सञ्जाल , नेपाल टेलिकम , एनआईसी एशिया बैंक , माई पे , आयो रिजल्ट लगायतबाट नतिजा थाहा पाउन सकिने छ ।

\"\"