कीवर्डहरू -

च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध

च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध

च्याटजीपीटीले आफ्ना सब्सक्राइबरहरुको लागि ब्राउज विथ बिंग फिचर बन्द गरेको छ  । हालै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूका लागि एक विशेष फिचर ल्याएको थियो ।

यसको मद्दतले प्रयोगकर्ताहरूले वेब सर्फिङका लागि बिङ प्रयोग गर्न पाइरहेका थिए थर अब भने चयटजीपीटीले यो फिचर माथि प्रतिबन्ध लगाएको छ ।

बिंगको बेटा एकीकरणमा बग समाधान गर्न यो सुविधा जुलाई ३ सम्मका लागि प्रतिबन्ध गरिएको हो । ब्राउज विथ बिंग फिचर च्याटजीपीटी प्रयोगकर्ताहरूलाई वेब सर्फिङको लागि बिंग प्रयोग गर्ने सुविधाको साथ ल्याइएको थियो ।

यो सुविधा सुरुमा च्याटजीपीटी प्लस सदस्यहरूको लागि मात्र रोल आउट गरिएको थियो । कम्पनीले सकेसम्म चाँडो आफ्ना च्याटजीपीटी प्लस सदस्यहरूलाई यो सुविधा उपलब्ध गराउने प्रयास गर्नेछ ।