कीवर्डहरू -

एआई एक्स्पो २०१९ का लागि जेठ ३१ सम्म आवेदन दिन सकिने

एआई एक्स्पो २०१९ का लागि जेठ ३१ सम्म आवेदन दिन सकिने

काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपमेन्टसँग सहकार्य गरेर काठमाडौंमा एआई एक्स्पो २०१९ गर्ने भएको छ ।

आगामी भदौ ७ (अगस्ट २४) मा सोल्टी क्राउन प्लाजमा हुने एक दिने इभेन्ट नेपालकै सबैभन्दा ठूलो एआई एक्स्पो भएको आयोजकले बताएको छ ।

एक्स्पोमा एकाडेमिया र इन्डस्ट्रीबाट २० भन्दा बढी एआईसम्बन्धी एआई प्रडक्ट र प्रोजेक्टको प्रदर्शनी हुनेछ । आयोजकले संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट गोलमा आधारित रहेका प्रोजेक्टहरु प्रदर्शनीमा राखिने बताएको छ ।

कम्पनीले एआई एक्स्पो २०१९ बाट सहभागीलाई एआई, नेटवर्कसम्बन्धी बुझ्न प्रोत्साहन गर्नुका साथै एआई-पावर्ड प्रोटोटाइप बनाउन सहयोग गर्ने विश्वास लिएको छ । साथै सहभागीले वरिष्ठ एआई विज्ञहरुसँग नेटवर्किङ गर्ने अवसर पाउने छन् ।

एक्स्पाेमा देशैभरबाट रजिस्ट्रेशन गर्न सकिन्छ । २ हजारभन्दा बढी भिजिटरको अपेक्षा राखिएकाे छ ।

यसैबीच एक्स्पाेका लागि जेठ ३१ सम्म आवेदन दिन सकिने बताइएकाे छ ।

थप जानकारी ः https://aiexponepal.com/