कीवर्डहरू -

सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला, १ लाखमै बुकिङ गर्न सकिने 

सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला, १ लाखमै बुकिङ गर्न सकिने 

फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री विद्युतीय गाडीको प्रि-बुकिङ खुला भएको छ । सिट्रोन ई सी थ्रीका दुवै भेरियन्टहरु एक लाखमा प्रि बूकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

इको-फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको कम्पनीले जनाएको छ ।

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्ने कम्पनीको भनाइ छ ।

विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ ।

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ, जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो ।

यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउने जनाइएको छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधासहितको ई सी थ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर-असिस्ट सिस्टमहरू रहेको छ ।

कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण-सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई सी थ्री आकर्षक रोजाई भएको बताइएको छ । अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिंग भइसकेको कम्पनिले जानकारी दिएको छ ।