कीवर्डहरू -

एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको हो ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

नतिजा सार्वजनिक भएपनि एसएमएस, वेबसाइट र एपबाट हेर्न भने केही समय लाग्ने छ । यस वर्षको एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।

एसएमएसबाट नतिजा थाहा पाउन SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३, ३१०६४ वा १६०० पठाउनु पर्नेछ ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरेर पनि आफ्नो एसईईको नतिजा थाहा पाउन सक्ने छन् । यी बाहेक विभिन्न वेबसाइट र एपबाट सनेत थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको एसईईको वेबसाइट , राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट , खल्ती , निमा एकेडेमी , इकान्तिपुर डटकम , दि कनेक्ट प्लस , इडियु सञ्जाल , नेपाल टेलिकम , एनआईसी एशिया बैंक , माई पे , आयो रिजल्ट लगायतबाट नतिजा थाहा पाउन सकिने छ ।

\"\"