कीवर्डहरू -

डिशहोम टिभी अब सिधै मोबाइलमा, लाइभ टिभीसँगै सिरिज, कार्टुन, मुभि हेर्न सकिने

डिशहोम टिभी अब सिधै मोबाइलमा, लाइभ टिभीसँगै सिरिज, कार्टुन, मुभि हेर्न सकिने

डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ । हाल सेट टप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो ।

१५० भन्दा बढी लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।

‘डिशहोम गो’ एपमा लाइभ टिभिसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ ।

ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।