कीवर्डहरू -

खल्तीबाट अब नेपालपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

खल्तीबाट अब नेपालपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

खल्तीबाट अब नेपाल पे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । यसका लागि खल्ती र नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा लागू नेपालपे क्युआरसंग साझेदारी गरेको छ।

प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्र हालहरु, वा कहीं पनि उपलब्ध नेपालपे क्युआर खल्तीबाट स्क्यान गर्न सक्नेछन्।

यस साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती प्रयोगकर्ताहरूलाई नेपालपे क्युआर बाट पनि सहज भुक्तानीको आनन्द लिन सक्ने बताए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भम्रणमा सम्झौता भएको अन्तरदेशीय भुक्तानी सेवा पनि चाँडै खल्ती प्रयोगकर्ताले लिन सक्ने छन् ।