कीवर्डहरू -

ह्वावे नोभा वाई ७१ विश्वव्यापी बजारमा सार्वजनिक

ह्वावे नोभा वाई ७१ विश्वव्यापी बजारमा सार्वजनिक

ह्वावे नोभा वाइ ७१ विश्वव्यापी बजारमा सार्वजनिक भएको छ । स्मार्टफोन कम्पनीको मिड रेन्ज अफरमा ६.७५ इन्चको र्एचडी प्लस डिस्प्ले रहेको छ ।

फोनमा ६,००० एमएएच ब्याट्री छ र कम्पनीको इमोसन यूआइ १२ एन्ड्रोइड स्किन आउट–अफ–द–बक्समा चल्छ ।ह्वावेले ८ जीबी र्याम र १२८ जीबी इनबिल्ट स्टोरेज प्याक गर्ने ह्यान्डसेटको प्रोसेसरको नाम खुलाएको छैन् ।

ह्वावे नोभा वाइ ७१ ट्रिपल रियर क्यामेरा सेटअपको साथ आउँछ, जसमा ४८ मेगापिक्सेल प्राथमिक सेन्सर, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगापिक्सेल डेप्थ क्यामेरा रहेको छ ।

ह्वावे नोभा वाइ ७१ को ८ जीबी प्लस १२८ जीबी र्याम र भण्डारण भेरियन्टको लागि मूल्य दक्षिण अफ्रिकाको मुद्रा जेडएआर ४,९९९ तोकिएको छ ।

ह्यान्डसेट गोल्डेने र कालो रंगमा उपलब्ध छ । यो स्मार्टफोन हाल दक्षिण अफ्रिकामा बिक्रीको लागि उपलब्ध छ र चाँडै अन्य क्षेत्रहरूमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कम्पनीले ह्वावे ग्लोबल साइटमा साझा गरेको जानकारी अनुसार नयाँ ह्वावे नोभा वाइ ७१ मा ६.७५ इन्च एडडी प्लस स्क्रिन रहेको छ ।

ह्यान्डसेट इमोसन यूआइ १२ आउट–अफ–द–बक्सको साथ आउने गरेको छ । फोनको प्रोसेसर अझै खुलाइएको छैन तर यसमा ८ जीबी र्याम र १२८ जीबी इनबिल्ट स्टोरेज रहेको छ ।

यसमा सेल्फी र भिडियो कलका लागि अगाडि ८ मेगापिक्सेलको क्यामेरा पनि छ । फोनमा सुरक्षाका लागि साइड माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

ह्वावे नोभा वाइ ७१ मा कनेक्सन अप्सनको रूपमा डुअल–सिम फोरजी, वाइफाइ, ब्लुटुथ ५.१, एक ३.५ मिलीमिटर अडियो ज्याक, यूएसबी टाइपसी, र जीपीएस समावेश छ ।

स्मार्टफोनमा गुरुत्वाकर्षण सेन्सर र कम्पास पनि समावेश छ । यो ६००० एमएएच ब्याट्रीद्वारा समर्थित छ र यूएसबी टाइप सी पोर्टमा २२.५ वाट वायर्ड चार्जिङलाई सपोर्ट गर्दछ ।