कीवर्डहरू -

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने भएको छ । एक रिपोर्टको अनुसार, फोटो एपले भिडियो सम्पादन र राम्रो मिडिया नियन्त्रणहरूको लागि धेरै नयाँ सम्पादन सुविधाहरू एपमा सार्वजनिक गरेको छ ।

नयाँ अपडेटका साथ, गूगल फोटोज एपले भिडियोहरूको लागि केही नयाँ विशेष टूलहरु उपलब्ध गराएको छ । नयाँ भिडियो एडिटिङ एफेक्टहरू नयाँ एफेक्ट ट्याब भित्र फेला पार्न सकिने छ ।

प्रयोगकर्ताहरूले एफेक्ट विकल्प चयन गरेपछि, फोटो एपले नयाँ थपिएका एफेक्टहरू डाउनलोड गर्छ र त्यसपछि प्रयोगकर्ताहरूलाई उनीहरूले हाल सम्पादन गरिरहेको भिडियोमा ती एफेक्टलाई प्रयोग गर्न दिनेछ ।

गुगलले विभिन्न प्रयोग परिदृश्यहरूमा आधारित १२ नयाँ भिडियो एफेक्टहरू थपेको छ । यसमा डस्ट म्याक्स, ब्ल्याक एण्ड ह्वाइट फिल्म, लाइट लीक, र थप अरु एपफेक्टहरु समावेश गरिएका छन् ।

रिपोर्टको अनुसार नयाँ भिडियो एफेक्टहरू एन्ड्रोइड १४ बेटा ३ र एन्ड्रोइड १३ अपरेटिङ सिस्टम दुवैमा चल्ने गूगल फोटोज एपमा उपलब्ध छन् ।

नयाँ भिडियो इफेक्टहरू थप्नु बाहेक, गुगलले प्रयोगकर्ताहरूलाई सजिलो बनाउन भिडियो प्लेब्याक कन्ट्रोलहरू पनि अपडेट गरेको छ ।

फोटोज एपमा अब मिडिया प्लेब्याकका लागि केही नयाँ बटनहरू पनि थपिएका छन् । प्ले र पज बटनहरू बाहेक, प्रयोगकर्ताहरूले अब इन्टरफेसमा भिडियोलाई अगाडि र पछाडि पार्ने बटनहरू पनि देख्नेछन् ।

साथै, गुगलले पुरानो फ्लोटिंग बक्स शैली हटाएर फुल स्क्रिनमा ल्याएको छ । यी परिवर्तन फोटोजमा मात्र नभई अन्य गूगल एपहरूमा पनि लागू हुन्छ ।