कीवर्डहरू -

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो 

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ ।

आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो फेक भएको र छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर व्यूरोमा निवेदन थिइन् ।

निवेदनमाथी अनुसन्धान गर्दा अडियोमा भएको स्वर दाङका ३४ वर्षिय सन्देश शर्माको आवाजसँग मिलेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

उक्त अडियो पहिलो पटक कसले राखेको थियो भन्ने बारे खुलाउन प्रहरीले टिकटक सिंगापुरलाई पत्र पठाएको छ ।

दाङका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि थुनामा राखिएका छन् । उनीमाथि प्रहरीले संगठित अपराध कसूर मुद्दामा अनुसन्धान गरिरहेको छ ।