कीवर्डहरू -

असार ३१ गते टेकवेबिनार नेपालको टेक चौतारी टक्स हुँदै, यसरी हुनुहोस् सहभागी

असार ३१ गते टेकवेबिनार नेपालको टेक चौतारी टक्स हुँदै, यसरी हुनुहोस् सहभागी

कवेबिनार नेपालले सेक्युरिटी पाल र लिभिङ विथ आइसिटीको सहकार्यमा टेक चौतारी टक्स आयोजना गर्ने भएको छ । यस कार्यक्रममा विश्व भरिमा भईरहेको प्रविधिको क्षेत्रमा विकासको बारेमा छलफल हुनेछ ।

यसमा डिजिटल नेपाल फ्रेमवर्कको मस्यौदा, नेपालका लागि डायस्पोराको सदुपयोग र नेपालमा सर्भिस मार्केटको रूपमा सफ्टवेयर जस्ता विषयमा पनि टेक चौतारी टक्समा छलफल गरिने छ ।

यो कार्यक्तम १६ जुलाई, २०२३ देखि दिउँसोको २ बजेबाट सुरु हुनेछ । कार्यक्रम बालुवाटारमा अवस्थित सेक्युरिटी पालको प्राङ्गणमा आयोजना गरिनेछ ।

पहिलो टेक चौतारी टक्समा वक्ताको रुपमा आइसिटी फोर डेभ्लपमेन्टका अध्यक्ष तथा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष डा. मनोहर के. भट्टराई, द ग्रेट नेपाली डायस्पोराकी संस्थापक, प्रीति अधिकारी र एसएमटेक टेक्नोलोजीका संस्थापक/सीईओ, सुरेश पाण्डे रहेका छन् ।

कार्यक्रममा रेजिस्टर गर्नेहरुले निःशुल्क सहभागिता जनाउन सक्नेछन् ।कार्यक्रमका लागि रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।